बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

२०७९, श्रावण १७ मंगलवार

  • 917
    SHARES

  • बढ्यो सुनको मूल्य

    काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९५ हजार ४०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु २०० ले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार ९०० थियो।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

    २०७९, श्रावण १७ मंगलवार१२:४८:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार