बजेटबारे जानकारी नदिने स्थानीय तहको संख्या १ सय ४७

बजेटबारे जानकारी नदिने स्थानीय तहको संख्या १ सय ४७

२०७९, श्रावण १९ बिहिवार

  • 1.0K
    SHARES

  • बजेटबारे जानकारी नदिने स्थानीय तहको संख्या १ सय ४७

    काठमाडौं । काठमाडौं महानगरपालिकासहित देशका १ सय ४७ स्थानीय तहले चालु आर्थिक वर्ष २०७८-०७९ को बजेटबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी नगराएको पाइएको छ ।

    नयाँ बजेट कार्यान्वयन भएको दुई साता बितिसक्दा पनि त्यसबारे विवरण नपठाएपछि पछिल्लो पटक मन्त्रालयले बजेट विवरण मन्त्रालयको अनलाइन पोर्टलमा प्रविष्ट गर्न तीन दिनको समय दिएको छ । मन्त्रालयले बजेट पठाउन आदेश दिएको यो तेस्रोपटक हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    मन्त्रालयको स्थानीय तहको समन्वय शाखाले असार ७ गते बजेटको विवरण बुझाउन देशभरका स्थानीय तहलाई पहिलो पटक पत्राचार गरेको थियो । त्यसको करिब एक सातापछि बजेटको विवरण बुझाउन मन्त्रालयले फेरि पत्राचार गरेको थियो ।

    यसरी मन्त्रालयले पटकपटक तोकता गर्दा पनि ती स्थानीय तहले तोकिएको समयमा बजेट पारित भएको वा नभएको विषयमा सामान्य जानकारी समेत नदिएका हुन् ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर-गाउँ सभाले असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यसरी बजेट पारित भएपछि श्रावण १ गतेदेखि नयाँ बजेट कार्यान्वयन हुने गर्दछ ।

    मन्त्रालयका अनुसार बजेट विवरण नबुझाउने प्रदेश १ का २३ स्थानीय तह रहेका छन् भने मधेश प्रदेशका ५१, वागमती प्रदेशका १८, गण्डकी प्रदेशका ४, लुम्बिनी प्रदेशको २१, कर्णाली प्रदेशको १३ र सुदूरपश्चिम प्रदेशको १३ स्थानीय तह रहेका छन् ।

    त्यसैगरी राजधानीसंग जोडिएको ललितपुर जिल्लाको गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाले पनि बजेट विवरण बुझाएको छैन ।

    २०७९, श्रावण १९ बिहिवार०८:०१:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार