अभियान लघुवित्तको आइपिओ भर्ने अन्तिम दिन आज

अभियान लघुवित्तको आइपिओ भर्ने अन्तिम दिन आज

२०७९, श्रावण २२ आइतवार

  • 1.1K
    SHARES

  • अभियान लघुवित्तको आइपिओ भर्ने अन्तिम दिन आज

    काठमाडौँ । अभियान लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।

    कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। योमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

    बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक, वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ।

    यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। यो आइपिओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    २०७९, श्रावण २२ आइतवार०८:४९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार