जावलाखेल । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले थप १० हजार भत्ता पाउने भएका छन्।
वृद्धवृद्धाको सम्मान स्वरुप सरकारले मासिक रुपमा रु ४ हजार भत्ता दिँदै आएकोमा ललितपुर महानगरपालिकाले सस्तो लोकप्रियताका लागि थप १० हजार रकम प्रदान गर्न लागेको हो ।
यसरी महानगरभित्र रहेका करिव ७ हजार बृद्धबृद्धलाई चाडपर्व खर्च भन्दै जनही १० हजारका दरले झण्डैँ रु ७ करोड रकम बाँड्न लागेको हो ।
गतवर्ष ५ हजार दिने निर्णय गरेको महानगरले यसपटक ५ हजार थप गरि रु १० हजार पुर्याएको हो ।
आर्थिक कमजोर भएका मुलुकमा विद्यालय पढ्ने उमेरका नानीबाबुको शिक्षादिक्षामा अत्यधिक रकम खर्चिनु पर्नेमा आफुखुशी भत्तैभत्ताका नाममा रकम थप्नु भनेको भ्रष्टाचार नै हो सरोकारवालाले भनेका छन् ।