अर्थ सचिवमा कृष्णहरी पुष्कर, राजस्वमा दंगाल

अर्थ सचिवमा कृष्णहरी पुष्कर, राजस्वमा दंगाल

२०७९, श्रावण २७ शुक्रवार

  • 1.1K
    SHARES

  • अर्थ सचिवमा कृष्णहरी पुष्कर, राजस्वमा दंगाल

    काठमाडौँ । सरकारले कृष्णहरी पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको छ । 

    बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    अघिल्लो मन्त्रिपरिषद्को बैठकले तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेसँगै अर्थ सचिवको पद रिक्त रहेको थियो ।

    पुष्कर अर्थमा गएसँगै उनको ठाउँमा सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख सचिव रामेश्वर दंगाललाई राजश्वको जिम्मा दिइएको एक मन्त्रीले बताए । 

    २०७९, श्रावण २७ शुक्रवार०८:५६:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार