शेयर बजारका बादशाह बिग बुल राकेश झुनझुनवालाको निधन

शेयर बजारका बादशाह बिग बुल राकेश झुनझुनवालाको निधन

२०७९, श्रावण २९ आइतवार

  • 825
    SHARES

  • शेयर बजारका बादशाह बिग बुल राकेश झुनझुनवालाको निधन

    नयाँ दिल्ली । 'बिग बुल' उपनामले चिनिने शेयर बजारका बादशाह भारतीय लगानीकर्ता राकेश झुनझुनवालाको आज बिहान निधन भएको छ। उनी ६२ वर्षका थिए। 

    झुनझुनवालालाई भारतीय सेयर बजारको 'वारेन बफेट' पनि भनिन्छ। कुनै पारिवारिक व्यापारिक विरासत नभएका झुनझुनवाला आफ्नै दममा निकै ठूलो पोर्टफोलियो बनाउन सफल भएका थिए। उनको नेट वर्थ ५.८ बिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको छ। 

    निकै सरल र सहज स्वभावका झुनझुनवालाले केहि समयअघि कच्याककुचुक परेको शर्ट लगाएर प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटेको तस्विर सामाजिक संजालमा निकै भाइरल भएको थियो।

    ईश्वरको कृपाका कारण आफूले सफलता हासिल गरेको बताउने झुनझुनवालाको निधनले भारत मात्र नभई विश्वकै लगानीकर्ताहरुले दुख व्यक्त गरेका छन् । 

    २०७९, श्रावण २९ आइतवार११:३३:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार