आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

२०७९, श्रावण ३० सोमवार

  • 1.1K
    SHARES

  • आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

    काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

    चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरूको घुइँचो लागेको छ । 

    २०७९, श्रावण ३० सोमवार०७:१३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार