अभियान लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

२०७९, श्रावण ३० सोमवार

  • 993
    SHARES

  • अभियान लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँट गरिएको छ।

    धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाडौँ नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच अभियान लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो।

    आईपीओमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार ३७६ आवेदन रद्द भएको छ।

    माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँड गरिएको हो।

    मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। सदरमध्ये १८ लाख ८७ हजार २१९ आवेदकबाट हात खाली भएको छ।

    कहीबेरमा सार्वजनिक हुने आईपीओको अन्तिम नतिजा https://iporesult.cdsc.com.np/ मा गएर हेर्न सकिन्छ।

    २०७९, श्रावण ३० सोमवार१०:५८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार