गोसाइँकुण्डको भेटी सार्वजनिक

गोसाइँकुण्डको भेटी सार्वजनिक

२०७९, श्रावण ३० सोमवार

  • 1.0K
    SHARES

  • गोसाइँकुण्डको भेटी सार्वजनिक

    काठमाडौँ । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ ।

    पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्‍याइ जिल्ला प्रहरी कार्यालयको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो ।

    समितिका अध्यक्ष संञ्जिव डिएमले भेटी रु ३ लाख २२ हजार एक सय १५ सङ्कलन भएको जानकारी दिए । गोसाइँकुण्ड पुगेका सबै यात्रु आआफ्नो गन्तव्यतर्फ फर्किई तीर्थस्थल खुल्ला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मेला अवधिमा यात्रुबाट उत्पन्न फोहर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाइँकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको बताइएको छ । 

    २०७९, श्रावण ३० सोमवार०३:४५:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार