काठमाण्डौ । सेयर बजार दोहोरो अंकले बढेको छ।
कारोबारको पहिलो दिन आइतबार २७ अंकको गिरावट आएको बजार आज ५५ अंक बढिले उकालो लागेको हो।
यसदिन नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेर ३९८.१३ विन्दुमा पुगेको छ।
नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। आज २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँमा खरिदबिक्री भयो।
आइतबार २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो।
आदर्शको ६.२७ र डेभलपमेन्ट बैंकको ५.३३ प्रतिशतले सूचक बढ्दा डेभलपमेन्ट बैंकको ५.३३, हाइड्रो पावरको ४.४३ प्रतिशतले बढ्यो।