काठमाडौँ । सेयर कारोबारको चौथो दिन आज पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, आज ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ ।
नेप्सेसँगै बैंकिङ जीवन बीमा, होटल तथा पर्यटन, व्यापार लगानी र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६८ प्रतिशतले वृद्धि भएको छ ।
सोमबार २ अर्ब ४३ करोडको कारोबार भएको बजारमा मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको छ ।
आज बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६० लाख कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १८ करोड ४३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ९१ लाखको कारोबार भएको छ ।