सुनचाँदीको मूल्यमा थोरै गिरावट

सुनचाँदीको मूल्यमा थोरै गिरावट

२०७९, भाद्र २ बिहिवार

  • 1.4K
    SHARES

  • सुनचाँदीको मूल्यमा थोरै गिरावट

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ। महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ।

    बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ।

    तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ तोकिएको छ।

    आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    २०७९, भाद्र २ बिहिवार१२:२२:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार