काठमाडौं । विगत ४ महिनादेखि निर्माणाधिन अवस्थामा रहेको मिनभवन ठूलोखरिबोट स्थित राधाकृष्ण मन्दिर आज श्री कृष्ण जन्माष्टमी विशेषको अवसरमा खुला गरिएको छ ।
निर्माण सम्पन्न नभईसकेता पनि भक्तजनको आग्रहमा नित्यपूजा गर्नेगरि खुला गरिएको चौतारी युवा क्लवका महासचिव घनश्याम अछामीले बताएका छन् ।
आजको दिन भक्तजनको अधिक भिड हुने यस मन्दिरमा विशेष पूजा भने नगरिने उपाध्यक्ष बिनोद दाहालको भनाई छ । करिव १०० वर्ष पुरानो यस मन्दिरले ऐतिहासिक महत्व बोकेको हुनाले नित्यपूजा गराउने गरि अहोरात्र खटिएर तयारी अवस्थामा पुगेको पनि दाहालको भनाई छ ।
जिर्ण अवस्थामा रहेको करिव १५० वर्ष पुरानो खरिबोटका हाँगा काटेर मन्दिर क्षेत्रलाई सुरक्षित गराउन खोज्दा मन्दिर निर्माण कार्य सम्पन्न गर्न समय लागेको महासचिवले बताएका छन् ।
चाँडै निर्माण सम्पन्न सकेर विशेष पूजा सहित राधा कृष्ण मन्दिर सुचारु हुने कुरामा पनि उनले विश्वास व्यक्त गरेका छन् ।
फोटो फिचर






