नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल निर्वाचित

नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल निर्वाचित

२०७९, भाद्र ५ आइतवार

  • 1.0K
    SHARES

  • नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल निर्वाचित

    काठमाडौँ । नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल निर्वाचित भएका छन्।

    संघको शनिबार सम्पन्न २० औँ वार्षिक साधारणसभा एवं १२ औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

    संघको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन (दीपक) लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा निर्वाचित भएका छन्।

    यस्तै सदस्यमा शेरबहादुर विष्ट, पुष्पराज तामाङ, शेरबहादुर कार्की, अम्बर रिजाल, यामबहादुर राना, जयलाल श्रेष्ठ, प्रेमबहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलावल्लभ पराजुली र भूपराज दाहाल भएका छन्।

    होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी संघमा चार सय व्यवसायी आवद्ध छन्।

    २०७९, भाद्र ५ आइतवार०८:४३:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार