खप्तड लघुवित्तको आईपीओ आजदेखि खुला

खप्तड लघुवित्तको आईपीओ आजदेखि खुला

२०७९, भाद्र ८ बुधवार

  • 821
    SHARES

  • खप्तड लघुवित्तको आईपीओ आजदेखि खुला

    काठमाडौँ । खप्तड लघुवित्तले आज कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

    कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ। यो मध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

    बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    २०७९, भाद्र ८ बुधवार०८:०३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार