काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।
गत साता अन्तिम दिन शुक्रबार १६ अंकले घटेको नेप्से साताको पहिलो कारोबार दिन आइतबार ३३.३६ अंकले ओरालो लागेको छ ।
आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेका छन् ।
म्युचुअल फन्डको मात्र समूहगत सूचक ०.५३ प्रतिशतले बढेको छ ।
आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएको छ ।