फेरि बढ्यो डिजेल र मट्टीतेलको मूल्य

फेरि बढ्यो डिजेल र मट्टीतेलको मूल्य

२०७९, भाद्र १७ शुक्रवार

  • 1.4K
    SHARES

  • फेरि बढ्यो डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।

    बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो।

    निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ।

    निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ।

    हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ।

    हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ।

    २०७९, भाद्र १७ शुक्रवार०७:३८:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार