मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्कने :अर्थमन्त्री शर्मा

मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्कने :अर्थमन्त्री शर्मा

२०७९, भाद्र १८ शनिवार

  • 1.2K
    SHARES

  • मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्कने :अर्थमन्त्री शर्मा

    काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए ।

    मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सबल हुँदै जाने विश्वास व्यक्त गरे । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।

    मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे ।

    २०७९, भाद्र १८ शनिवार१२:५५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार