शिव पाञ्चायन मन्दिर परिसरस्थित देवीदेवता तथा भजन मण्डली निर्माण सम्पन्न, भोलि उद्घाटन हुँदै 

शिव पाञ्चायन मन्दिर परिसरस्थित देवीदेवता तथा भजन मण्डली निर्माण सम्पन्न, भोलि उद्घाटन हुँदै 

२०७९, भाद्र २४ शुक्रवार

  • 3.7K
    SHARES

  • शिव पाञ्चायन मन्दिर परिसरस्थित देवीदेवता तथा भजन मण्डली निर्माण सम्पन्न, भोलि उद्घाटन हुँदै 

    काठमाडौं । महाँकाल पानीट्यांकी स्थित शिव पाञ्चायन मन्दिर परिसरमा रहेको देवी देवता तथा भजन मण्डली निर्माण सम्पन्न भएको छ । 

    वागमती प्रदेश काठमाडौं क्षेत्र नं ३ 'क' बाट निर्वाचित सांसद छिरिंग दोर्जे लामाको पहलमा देवीदेवता तथा भजन मण्डलीको निर्माण सम्पन्न भएको हो । मन्दिर प्रांगण सहित करिव रु ३५ लाखमा निर्मित भजन मण्डलीको उद्घाटन प्रदेश सांसद छिरिंग दोर्जीको प्रमूख आतिथ्यतामा भोलि भाद्र २५ गते शनिवार बिहान ९ बजे गरिने मन्दिर व्यवस्थापन समिति अध्यक्ष डा रमेश न्यौपानेले बताए । 

    14.jpg

    करिब २ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरको भुईँमा ढुंगा बिछ्याइएको छ भने कम्पाउण्ड वरिपरि चाइनिज इटाले घेराबारा लगाएर आकर्षक बनाइएको छ । मूख्य सडकबाट मन्दिर प्रवेश गर्ने ढोकामै लाल गणेशको मूर्ति स्थापना गरिएको छ ।

    त्यस्तै मन्दिर परिसरमा पुगेपछि शिव पाञ्चायन, हनुमान, रामचन्द्र, सिद्धिविनायक गणेश, सरस्वती, राधाकृष्ण, भैरव, काली, कुवेर, कुमारी, अष्टमुखी नागदेवता, शिवशक्ति लगाएतका विभिन्न देवताको मूर्ति स्थापना गरिएको छ ।

    6.jpg

    मन्दिर परिसर भित्र वर र पिपलका विरुवाहरुले मन्दिरको प्रांगणलाई सोभायमान बनाएका छन् । त्यसैगरि, पूजाआजाका लागि आवश्यक पर्ने हर्रो, बर्रो, निम, केरा, बेलपत्र लगाएतका बोटबिरुवा पनि परिसरमा रोपिएको छ । 

    त्यस्तै पिपलको दक्षिणिभागमा भगवान गौतम बुद्धको प्रतिमा समेत भाद्र १६ गते पुनःस्थापना गरिसकिएको छ । 

    15.jpg

    कार्यक्रम उदघाटनका अवसरमा रुद्री लगाएत विभिन्न कर्मकाण्डी पूजाहरु दिनभरनै गरिने पनि अध्यक्ष न्यौपानेले बताएका छन् । रुद्रीमा सहभागी हुन चाहनेहरुलाई रु ११०० तिरेर पूवाआजामा सहभागी हुन सकिने व्यवस्था गरिएको छ ।  

    काठमाडौं महानगरपालिका वडा नं ६ मा पर्ने यस मन्दिरमा पूजाआजाका लागि सोमवार, मंगलवार र शनिवार अधिक भिड हुने गरेको छ ।  

    7.jpg2.jpg3.jpg8.jpg13.jpg

    २०७९, भाद्र २४ शुक्रवार१०:०३:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार