विराटनगर । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय अध्यक्षमा मोहन प्रसाद फुँयाल निर्वाचित भएका छन् ।
विहिवार विराटनगरमा सम्पन्न ११ औँ महाधिवेशनले फुँयाललाई तिन वर्षे कार्यकालका लागि निर्वाचित गरेको हो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्ष (खुल्ला) मा आनन्द पौडेल, भरत लामिछाने र तोयानाथ भट्टराई, मधेशी उपाध्यक्षमा राज किशोर चौधरी, उपाध्यक्ष महिला चन्डिका पोख्रेल र महासचिवमा मणि कुमार पोखरेल निर्वाचित भएका छन् ।

त्यसैगरि उपमहासचिवद्धयमा तिर्थ राज अधिकारी र गोबिन्द ढुङ्गाना, खुल्ला सचिवद्धयमा वचन ढुङगेल र दिपक चौलागाईं, सचिव महिलामा कमला गिरी, कोषाध्यक्ष रोशन पान्डे र सह कोषाध्यक्षमा नरेश पटेल निर्वाचित भएका छन् ।
गत महिना मात्र सम्पन्न भएको प्रदेश अधिवेशनको नेतृत्व गर्दै प्रदेश १ बाट सुशील ओझा, मधेश प्रदेशबाट प्रदिप राज पाण्डे, वागमती प्रदेशबाट गङ्गाधर ज्ञवाली, गण्डकी प्रदेशबाट गणेश प्रसाद काफ्ले, लुम्बिनी प्रदेशबाट जगत प्रसाद भुसाल, कर्णाली प्रदेशबाट प्रेम कुमार गिरी र सुदुरपश्चिम प्रदेशबाट दिपक प्रसाद भट्ट निर्वाचित भएका थिए ।