काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा महेश भट्टराई नियुक्त भएका छन् ।
अर्थमातहतबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गत हप्ता सरुवा भएका भट्टराईले वाणिज्य विभागको जिम्मेवारी पाएका हुन् ।
यसअघि उनी भन्सार विभागमा थिए ।
भन्सार विभागमा आउनुअघि उनी विभाग मातहतकै एयरपोर्ट भन्सार प्रमुखको जिम्मेवारीमा थिए ।