काठमाडौँ । भारतबाट इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आज प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमले जनाएको हो ।
डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।
अब इन्धनको नयाँ उपभोक्ता मूल्य समायोजनबारे भने निगम सञ्चालक समिति बैठकले निर्णय गर्नुपर्नेछ ।