संविधान दिवसको अवसरमा एमालेले गर्यो विशाल र्याली सहितको पदयात्रा

संविधान दिवसको अवसरमा एमालेले गर्यो विशाल र्याली सहितको पदयात्रा

२०७९, आश्विन १ शनिवार

  • 1.1K
    SHARES

  • संविधान दिवसको अवसरमा एमालेले गर्यो विशाल र्याली सहितको पदयात्रा

    काठमाडौँ । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा पदयात्रा कार्यक्रम गरेको छ ।

    उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको पुल्चोक गरी पाँच ठाउँबाट बिहानैदेखि पदयात्रा सुरू भएको हो ।

    kp4.jpg

    ‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण-संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ एमालेले आज पृथक शैलीमा राष्ट्रिय दिवस मनाएको बताएको छ । 

    कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले पार्टीको झण्डा र ब्यानर बोकेका छैनन् । तर ब्यान तुलमा भने नेपालको झण्डाको एक छेउमा एमालेको चुनाव चिन्ह सूर्य छ । यसका साथै ब्यान तुलमा प्रश्नात्मक शैलीमा ‘पढाइ कमाइ दबाइ ?’ लेखिएको छ ।

    33.jpg

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको पदयात्राका लागि आफैँ खेल खेल्दै गरेको भिडियो सन्देश राख्दै पदयात्राका लागि आव्हान गरेका थिए । 

    अध्यक्ष ओली सहित प्राय सबै शिर्ष जेता सहभागि रहेको कार्यक्रमले उपत्यका नै ढपक्कै छाएको आभाष हुन्थ्यो । 

    kp-1.jpgkp5.jpgkp-6.jpg

    २०७९, आश्विन १ शनिवार१२:०५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार