जेन्जी आन्दोलन पछि ओली भेट्न गुण्डु पुगे कांग्रेस सभापति गगन थापा

जेन्जी आन्दोलन पछि ओली भेट्न गुण्डु पुगे कांग्रेस सभापति गगन थापा

२०८३, कार्तिक १९ बुधवार

  • 173
    SHARES

  • जेन्जी आन्दोलन पछि ओली भेट्न गुण्डु पुगे कांग्रेस सभापति गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ।

    एमाले अध्यक्ष ओलीसँग संवाद गर्न सभापति थापा भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका हुन्।

    ओली निवासमा दुई शीर्ष नेताबीच करिब एक घण्टा छलफल भएको थियो। उक्त भेटवार्तामा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, शक्ति सन्तुलन तथा समसामयिक परिस्थितिबारे कुराकानी भएको जनाइएको छ।

    सभापति थापानिकट स्रोतका अनुसार छलफलमा विशेषगरी मधेश प्रदेश सरकारको राजनीतिक समीकरण र त्यहाँको पछिल्लो अवस्थाबारे कुराकानी भएको थियो।

    मधेश सरकारमा आएको फेरबदल र नयाँ समीकरणको चर्चाका बीच दुई प्रमुख दलका शीर्ष नेताबीच भएको यस भेटलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

    थापा ओलीको राजनीतिक भेटघाट जेन्जी आन्दोलन पश्चात पहिलो पटक भएको हो । 

    २०८३, कार्तिक १९ बुधवार०७:१९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार