जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै

जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै

२०७९, आश्विन २ आइतवार

  • 933
    SHARES

  • जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ ।

    पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए ।

    उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रूप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा  सूची बुझाइने बताए । प्रवक्ता सुमनले पार्टीका तर्फबाट प्रतिनिधिसभाकाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने जानकारी दिए।

    उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौको २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो । 

    यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समानुपातिक उम्मेदवारको बन्द सूची भोलि सोमबार आयोगलाई बुझाउने भएको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिसकेको छ ।

    पार्टीका शीर्षस्थ नेताको विभिन्न चरणको बैठकले छलफल गरी बन्द सूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ ।

    सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरी आवश्यक तयारी गरिरहेको छ । सोही निर्णय बमोजिम आयोगले निर्वाचन प्रक्रिया सुरु गरेको हो ।

    समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचनमा सहभागी हुने राजनीतिक दलले पार्टीका तर्फबाट असोज २ र ३ गते आयोगलाई बुझाउनुपर्ने समयावधि तोकिएको छ ।

    २०७९, आश्विन २ आइतवार०३:१९:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार