माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

२०७९, आश्विन २ आइतवार

  • 1.1K
    SHARES

  • माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजको बैठकमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । 

    सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । 

    सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ । 

    निर्वाचन आयोगले आज र भोलिसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । 

    माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ । 

    जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी  छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ ।

    २०७९, आश्विन २ आइतवार०४:४८:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार