कर्मचारी सञ्चयकोष ६१ औँ वर्षमा प्रवेश

कर्मचारी सञ्चयकोष ६१ औँ वर्षमा प्रवेश

२०७९, आश्विन ३ सोमवार

  • 1.1K
    SHARES

  • कर्मचारी सञ्चयकोष ६१ औँ वर्षमा प्रवेश

    काठमाडौँ । कर्मचारी सञ्चयकोषले ६१ औँ वार्षिकोत्सव मनाएको छ। कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्त भरण तथा सञ्चयकोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो।

    २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो। यस्तै ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको कोषले २०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतको कोष कट्टी गर्दै आइरहेको छ।

    कोषले २०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र २०७७ देखि सार्वजनिक निकायको निवृत्तिभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको कार्यक्रममा जानकारी दिइयो।

    कोषका निमित्त प्रमुख जितेन्द्र धितालले कोषले क्युआर कोर्डसहितको कार्डको व्यवस्था गर्नुका साथै कार्यालयको सम्पूर्ण सुविधा र जानकारीको लागि केएसके मोबाइल एपसमेत सञ्चालनमा ल्याएको बताए।

    देशका अन्य सार्वजनिक संस्था घाटामा गईरहेका बेला कर्मचारी संचय कोषले भने आर्थिक सहयता सहितको वृत्तिविकास जारी राखेको छ । 

    २०७९, आश्विन ३ सोमवार१०:०५:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार