काँग्रेसमा संस्थापन इतर समूहको गुनासो

काँग्रेसमा संस्थापन इतर समूहको गुनासो

२०७९, आश्विन ९ आइतवार

  • 981
    SHARES

  • काँग्रेसमा संस्थापन इतर समूहको गुनासो

    काठमाडौँ । नेपाली काँग्रेस संस्थापक इतर समूहका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् ।

    संस्थापन इतर समूहले शनिबार एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् ।

    नेता गुरुराज घिमिरेले पार्टिभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए । “पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ”, उनले भने । 

    काँग्रेसका अर्का नेता जगदिश्वरनरसिंह केसीले पार्टीको १४औँ महाधिवेशनमा पाएको मतको आधारमा उम्मेदवारी बाँडफाँट हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र सबैलाई मिलाएर लैजाने काम पार्टी सभापतिको भएकाले सोहीअनुसार पार्टी सभापति अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 

    न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ”, उहाँले भन्नुभयो ।

    काँग्रेसका अर्का नेता जगदिश्वरनरसिंह केसीले पार्टीको १४औँ महाधिवेशनमा पाएको मतको आधारमा उम्मेदवारी बाँडफाँट हुनुपर्ने बताए । उनले पार्टीभित्र सबैलाई मिलाएर लैजाने काम पार्टी सभापतिको भएकाले सोहीअनुसार पार्टी सभापति अगाडि बढ्नुपर्ने धारणा राखे ।  

    काँग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय हुनुपर्ने बताए । उनले आफू आगामी निर्वाचनमा कालिकोटबाट निर्वाचन लड्ने घोषणा गरे । 

    २०७९, आश्विन ९ आइतवार०७:५४:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार