मनास्लुमा हिमपहिरो

मनास्लुमा हिमपहिरो

२०७९, आश्विन १० सोमवार

  • 1.1K
    SHARES

  • मनास्लुमा हिमपहिरो

    काठमाडौँ । मनास्लु हिमाल क्षेत्रमा सोमबार हिमपहिरो गएको छ। मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पबीचमा हिमपहिरो गएको हो।

    कीर्तिमानी आरोही निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत् हिमपहिरोबारे जानकारी दिँदै आफ्नो आरोहण दलमा रहेका सबै सदस्य सकुशल रहेको उल्लेख गरेका छन्।

    हिमपहिरोमा परेर केही मानिस घाइते भएको हुनसक्ने अनुमान छ। तर यसको यकिन विवरण भने आएको छैन। मनास्लु आरोहणका लागि गएकाहरू सो हिमपहिरोमा परेको हुनसक्ने जनाइएको छ।

    सेभेन समिटका मिग्मा शेर्पाले हिमपहिरो गएको पुष्टि गरे । तर मानवीय क्षतिका सम्बन्धमा यकिन जानकारी नरहेको उनले बताएका छन् ।

    २०७९, आश्विन १० सोमवार०१:५४:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार