आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने

आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने

२०७९, आश्विन १४ शुक्रवार

  • 917
    SHARES

  • आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने

    काठमाडौँ । नेपाल आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने भएका छन्।

    पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ। ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन्।

    इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।

    २०७९, आश्विन १४ शुक्रवार०७:१६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार