आइएमई लाइफले चुक्ता पूँजीको शतप्रतिशत सेयर पूँजी थप गर्दै 

आइएमई लाइफले चुक्ता पूँजीको शतप्रतिशत सेयर पूँजी थप गर्दै 

२०७९, आश्विन २७ बिहिवार

  • 845
    SHARES

  • आइएमई लाइफले चुक्ता पूँजीको शतप्रतिशत सेयर पूँजी थप गर्दै 

    काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पूँजी थप गर्ने निर्णय गरेको छ ।

    कम्पनीको बुधबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ ।

    साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न भएको हो ।

    यस्तै, सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ ।

    जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने प्रावधान बमोजिम पूँजी बृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको सेयर पूँजी थप गर्ने निर्णय भएको छ ।

    त्यस्तै, सेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्ने लगायत कम्पनीको प्रवन्ध(पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।

    सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीकातर्फबाट गरीएको योगदानरआर्थिक सहायताको अनुमोदनसमेत गरिएको थियो ।

    २०७९, आश्विन २७ बिहिवार०८:०६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार