विदेशी लगानीको न्यूनतम सीमा दुई करोड तोक्ने सरकारको निर्णय

विदेशी लगानीको न्यूनतम सीमा दुई करोड तोक्ने सरकारको निर्णय

२०७९, आश्विन २८ शुक्रवार

  • 1.1K
    SHARES

  • विदेशी लगानीको न्यूनतम सीमा दुई करोड तोक्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले विदेशी लगानीकर्तालाई लागि लगानीको न्यूनतम सीमा दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ ।  

    आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशी लगानीको न्यूनतम सीमा तोक्ने निर्णय गरेको जानकारी दिए । 

    सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन अयोग र सत्य निरुपण तथा मेलमिलापको म्याद २०८० असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय समेत गरेको जानकारी दिए । 

    मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोट जिल्लाका विपद् प्रभावित स्थानीय तहको भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । 

    यस्तै, मन्त्रिपरिषद् बैठकले गोविन्द केसीसँग असोज ८ गते गरेको सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने, बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुर्नवास तथा पुनर्स्थापना इकाईको कार्य अवधि एक बर्ष थप गर्ने, सेनाका वरिष्ठ अधिकृतहरूको बढुवा गर्ने लगायतका निर्णयहरू गरेको छ । 

     

    २०७९, आश्विन २८ शुक्रवार०४:१३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार