सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९, आश्विन ३० आइतवार

  • 881
    SHARES

  • सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन हो । लगानीकर्ताले आज आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

    सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

    यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।

    स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

    यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

    २०७९, आश्विन ३० आइतवार१२:३५:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार