७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

२०७९, कार्तिक २ बुधवार

  • 1.1K
    SHARES

  • ७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । 

    सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो । 

    नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व,२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

    २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । आ.व. २०७८/७९ मा बैैंंकको शेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।

    बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । 

    २०७९, कार्तिक २ बुधवार०५:१२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार