सुनको मूल्य चार सयले बढ्यो

सुनको मूल्य चार सयले बढ्यो

२०७९, मंसिर २२ बिहिवार

  • 861
    SHARES

  • सुनको मूल्य चार सयले बढ्यो

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।

    अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार सात सय तोकिएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार आठ सय थियो ।     

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । 

    २०७९, मंसिर २२ बिहिवार०१:०३:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार