पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा ३ रुपैयाँ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा ३ रुपैयाँ घट्यो

२०७९, पौष २ शनिवार

  • 1.0K
    SHARES

  • पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा ३ रुपैयाँ घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

    निगमले शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो।

    निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७५ रुपैयाँ पर्नेछ।

    यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो।

    खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटाइएको छैन।

    भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य घटाएर पठाएसँगै नेपालमा मूल्य घटेको निगमले जनाएको छ।

    २०७९, पौष २ शनिवार०७:५७:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार