ललितपुर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरको १४ औँ साधारणसभा भब्य रुपमा सम्पन्न भएको छ ।
शनिवार जावलाखेलस्थित लभ्लि व्यांक्वेटमा राष्ट्रिय सहकारी बैँकका अध्यक्ष केबी उप्रेतीको प्रमूख आतिथ्यतामा करिव १५ सय सदस्यको उपस्थितिका विच वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को हिसाबबाट सदस्यलाई १५.७५ प्रतिशत मुनाफा समेत वितरण गरेको छ ।

शिक्षक हित साकोसका अध्यक्ष शुक्र थापाको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी, संगठन उपाध्यक्ष तथा ईआई एपिआर सदस्य कमला थापा, पुर्व अध्यक्ष एवं पेशागत महासंघ नेपाल संयोजक बाबुराम थापा, संगठन महासचिव हंश बहादुर शाही लगाएतले विशेष आतिथ्यता प्रदान गरेका थिए ।
वार्षिक साधारण सभाको अवसर पारेर शेयर सदस्य एवं शिक्षाक्षेत्रको महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुहुने ईआई एपिआर बोर्ड सदस्य कमला थापा, निवर्तमान अध्यक्ष हरिदेव यादव, व्यवस्थापक अर्जुन सन्जेल, एसईई परीक्षामा ४ जिपिए ल्याउन सफल हुने विद्यार्थी रोसन ज्ञवाली, एसर्ईई र उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यारथी र उत्तिर्ण मात्र हुन सफल विद्यार्थीलाई उत्कृष्टताका आधारमा क्रमशः ५ हजार, २५ सय र १ हजार नगदले सम्मान गरिएको साथै पिएचडी र एम फिल गर्नु हुने सेयर सदस्यहरूलाई उत्कृष्ट शैक्षिक सम्मान गरिएको अध्यक्ष शुक्र थापाले बताए ।

त्यस्तै ६० वर्ष नाघेका शेयर सदस्यलाई समेत समारोहमा सम्मान गरिएको थियो । हाल यस सहकारीमा १८ सय ९३ जना शेयर सदस्य रहेका छन् ।
ललितपुर जिल्लाभरिका शिक्षक मात्र शेयर सदस्य बन्न पाउने विधानमा उल्लेख गरिए बमोजिम अन्य सर्वसाधारणले भने यस सहकारीमा सदस्यता प्राप्त गर्न सक्दैनन् । संस्थामा निती, विधि र शुसासन कायम गरिएकाले शिक्षकद्धारा संचालित सहकारी हुँदापनि देशभरकै नमूना सहकारीको लिस्टमा आफुहरु रहँदा गौरवको अनुभुति रहेको अध्यक्ष थापाको भनाई छ ।

यस सहकारीले उल्लेख्य प्रगति गरेपछि देशभरका शिक्षक सम्बद्ध तथा अन्य सहकारीकर्मीहरु पनि यस सहकारीको कार्यालयमा अध्ययन तथा अनुगमनका लागि पुग्नेगरेका छन् ।
हाल शिक्षक हित वचत तथा ऋण सहकारी संस्था ग्वार्कोस्थित नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरको भवनमा संचालित छ ।