काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज बिहीबारका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा पुगेको छ।
यस्तै, आज युरो एकको खरिद दर १४० रुपैयाँ ७३ पैसा र बिक्री दर १४१ रुपैयाँ ३७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ३२ पैसा र बिक्री दर १६० रुपैयाँ ०४ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नूहोस कुन देशको कति ?
