सर्वसाधारण लगानीकर्ताका लागि आत्मनिर्भर लघुवित्तको आइपिओ बिक्री खुला

सर्वसाधारण लगानीकर्ताका लागि आत्मनिर्भर लघुवित्तको आइपिओ बिक्री खुला

२०७९, फाल्गुण ११ बिहिवार

  • 1.0K
    SHARES

  • सर्वसाधारण लगानीकर्ताका लागि आत्मनिर्भर लघुवित्तको आइपिओ बिक्री खुला

    काठमाडौँ । आत्मनिर्भर लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि बिहीबारदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुला गरेको छ।

    लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आइपिओ बिक्री खुला गरेको हो।

    लघुवित्तले १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि निष्कासन गरिसकेको छ।

    यस्तै, जारी पुँजीको ०.५५ अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन्।

    सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन्। उक्त अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

    २०७९, फाल्गुण ११ बिहिवार०९:४३:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार