एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

२०७९, फाल्गुण १५ सोमवार

  • 889
    SHARES

  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।

    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

    एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

    २०७९, फाल्गुण १५ सोमवार१०:०६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार