सातौँ औद्योगिक तथा पर्यटन मेला भक्तपुरमा

सातौँ औद्योगिक तथा पर्यटन मेला भक्तपुरमा

२०७९, चैत्र १२ आइतवार

  • 877
    SHARES

  • सातौँ औद्योगिक तथा पर्यटन मेला भक्तपुरमा

    काठमाडौँ । नयाँ वर्षको अवसर पारेर सँधैझैँ यस वर्ष पनि औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्याइज व्याण्डले सातौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७९/०८० को आयोजना गर्ने भएको छ।

    ‘नयाँ वर्ष नयाँ सोच, युवाहरूका लागि छ प्रगतिको स्रोत’ भन्ने नाराका साथ चैत्र २३ गतेदेखि वैशाख ४ गतेसम्म व्यापार मेलाको आयोजना हुन लागेको हो।

    महोत्सवलाई भक्तपुर जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने संयोजक दीपक थापाले जानकारी दिए।

    मेलामा दर्शकको अवस्थालाई ध्यानमा राखी सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए।

    ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराउ भक्तपुरको तीनकुने सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलको जग्गामा विशाल मेला आयोजना हुनलागेको हो।

    उक्त मेलाको आवश्यक प्रक्रिया पूरा भइसकेको आयोजक संस्थाले पत्रकार सम्मेलन गरेर जनाएको छ। अहिले स्टल निर्माण कार्य भइरहेको र स्टल बुकिङसमेत खुलिसकेको जानकारी थापाले बताए । 

    महोत्सवमा २०० भन्दा बढी स्टल राखिने र भने ३ लाखभन्दा बढी दर्शकको आगमन हुने आयोजकले विश्वास लिएको छ।

    २०७९, चैत्र १२ आइतवार०७:५०:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार