घटेर आएको इन्धनको नयाँ मूल्य आजदेखि लागु हुँदै

घटेर आएको इन्धनको नयाँ मूल्य आजदेखि लागु हुँदै

२०७९, चैत्र २१ मंगलवार

  • 1.0K
    SHARES

  • घटेर आएको इन्धनको नयाँ मूल्य आजदेखि लागु हुँदै

    काठमाडौँ । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आज (मंगलबार)देखि लागू हुने भएको छ ।

    सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

    मूल्य समायोजन पछि अब डिजेल र मट्टितेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो ।

    यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोमिटर कायम भएको छ ।

    खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँमै यथावत् राखिएको छ ।

    २०७९, चैत्र २१ मंगलवार०८:५२:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार