नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

२०७९, चैत्र ३० बिहिवार

  • 785
    SHARES

  • नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

    काठमाडौ। नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ ।

    आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ ।

    आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भएका छन् ।  

    कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैङ्क र सिर्जनशिल लघुवित्त वित्तीय संस्था छन् । 

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैङ्क, नबिल बैङ्क र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन् ।

    २०७९, चैत्र ३० बिहिवार०४:४८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार