प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले सांसदहरूलाई जवाफ दिँदै 

प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले सांसदहरूलाई जवाफ दिँदै 

२०८०, बैशाख २७ बुधवार

  • 645
    SHARES

  • प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले सांसदहरूलाई जवाफ दिँदै 

    काठमाडौँ । आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका धारणाका बारेमा अर्थमन्त्री डा. प्रकाश शरण महतले जवाफ दिने कार्यसूची रहेको छ ।

    गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार ३ दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

    गत वैशाख २५ देखी प्रि-बजेटका बारेमा छलफल भए अनुसार सांसदहरूले आ-आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सांसदहरुले उठाएका सवालको जवाफहरू भने मंगलबार दिइसकेका छन् ।

    महतले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने बताएका छन् ।

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि-बजेटका बारेमा छलफल सुरु गरेका थिए ।

    २०८०, बैशाख २७ बुधवार०७:११:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार