काठमाडौं। नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ। गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो,’ प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए।
गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समिक्षा, ग्रास रुट अभियानको समिक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा बिषयमा छलफल गर्नका लागि अजेन्डा तय गरेको थियो।
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना नेताहरु पोलिए पछि उच्च नेतृत्व माथि नै प्रश्न वर्षिने अनुमान पनि बैठकमा गरिएको छ ।
नक्कली सरणार्थीका विषयमा फायल खोलिए पछि यति, ओम्नी, वाइडबडी काण्डले पनि कुनै दिन नयाँ मोड लिने भएकाले यस विषयलाई गम्भिरताका साथ हेरेको एमाले युवा केन्द्रिय सदस्यले नाम नछाप्ने सर्तमा बताए ।
अध्यक्ष ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप जनताको तह सम्मै पुगेकाले पनि एमाले पंक्ति चिन्तित देखिएको छ ।