डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र ग्याँसको यथावत

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र ग्याँसको यथावत

२०८०, जेठ ३ बुधवार

  • 649
    SHARES

  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र ग्याँसको यथावत

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

    इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

    निगमले डिजेल र मट्टितेलको मूल्यमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर रु १० घटाएको छ ।

    पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ५५ कायम भएको छ ।

    यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो । पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धन (बाह्य) को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायमै छ ।

    पेट्रोल र ग्याँसको मूल्य भने यथावत रहेको छ । 

    २०८०, जेठ ३ बुधवार०७:४७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार