सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आवभन्दा २३ अर्ब बढी

सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आवभन्दा २३ अर्ब बढी

२०८०, जेठ १५ सोमवार

  • 713
    SHARES

  • सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आवभन्दा २३ अर्ब बढी

    काठमाडौँ । सरकारले ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।

    अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-८१ बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अर्ब बढी रकम यो शीर्षकमा छुट्याएको बताउनुभयो ।

    चालु आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक रु चार हजार भत्तालाई निरन्तरता दिइएको छ । यसैगरी, ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ ।

    छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमालगायत क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि रु एक खर्ब ३४ अर्ब एक करोड विनियोजन गरिएको थियो ।

    उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नु परेको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०-८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताउनुभयो ।

    २०८०, जेठ १५ सोमवार०९:४०:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार