काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो पाँच वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सभा काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ सम्म र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्मको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गरेको छ ।

सभाले महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गरेको छ ।
सभाले सञ्चालकहरुको आर्थिक बर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता दिने प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना सञ्चालक रबि कुमार टिवडेवाललाई निर्वाचित गरेको छ । निकै चासोका साथ हेरिएको लाभांश भने प्रस्ताव भएन ।
यद्यपि एफपियो जारी गर्ने विषय भने आलोचित बन्यो भने चैत्र मसान्त सम्ममा तोकिएको पूँजी पुर्याउनु पर्ने विषय भने जोडतोडका साथ सहभागी लगानीकर्ताले उठाए पनि पर्याप्त छलफल भएन । त्यस्तै अग्राधिकार शेयर प्रदान गरेर पुँजी पुर्याउन समेत लगानीकर्ताहरुको माग रहेको थियो । कम्पनिलाई २ अरब २३ करोड रुपयाँ अपुग छ ।