काठमाडौं । मध्यभोटेकोसी जलविद्युत आयोजनाको सञ्चालकका लागि ४ जना सदस्य निर्वाचित भएका छन् ।
असार २० गते बुधवार काठमाडौंमा सम्पन्न आयोजनाको १० औँ तथा ११ औँ वार्षिक साधारण सभाले राम कुमार थेवे, भुमिनन्द अर्याल, गोविन्द प्रसाद पराजुली र रमा खँड्कालाई सञ्चालक सदस्यमा निर्वाचित गरेको हो ।
यस सँगै सिन्धुपाल्चोकमा संचालित आयोजनाको ९ सदस्यीय कार्य समिति समेत पुरा भएको छ ।