समयमै कर्जा र ब्याजको भुक्तानी गरौँ : राष्ट्र बैंक

समयमै कर्जा र ब्याजको भुक्तानी गरौँ : राष्ट्र बैंक

२०८०, आषाढ २२ शुक्रवार

  • 909
    SHARES

  • समयमै कर्जा र ब्याजको भुक्तानी गरौँ  : राष्ट्र बैंक

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा र ब्याज भुक्तानी गर्न आग्रह गरेको छ ।

    केन्द्रीय बैंकले एक सूचना जारी गर्दै समयमा नै कर्जा र ब्याज भुक्तानी गर्न सबैलाई आग्रह गरेको हो । केन्द्रीय बैंकले समयमा नै कर्जा र साँवा र ब्याज भुक्तानी नगरेमा कालो सूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नु पर्ने सूचनामा जनाएको छ ।

    राष्ट्र बैंकले समयमा नै कर्जा नतिरेको खण्डमा कालो सूचीमा पर्ने, बैंकले ऋण नदिन र खाता समेत खोल्न नपाउने जनाएको छ ।

    त्यस्तै समयमै ब्याज नतिर्दा कालो सूचीमा पर्ने र धितो समेत लिलाम हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

    २०८०, आषाढ २२ शुक्रवार०४:०२:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार